प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन भ्रमणबाट स्वदेश फर्किँदै छन् । 

    अमेरिकामा राष्ट्रसंघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चीनको भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज १५ दिनपछि स्वदेश फर्किन लागेका हुन् । 

    प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू चीनको छेन्दुबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

    हिजो छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरेपछि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए ।

    प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीको सहभागिता रहेको थियो । 

    सो अघि प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्वत दर्शन गरेका प्रधानमन्त्री दाहाल हिजो मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन् ।

    गत भदौ गत भदौ ३० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका थिए । 

  • १३ आश्विन २०८०, शनिबार ०८:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images