‘दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव जमाउन पाकिस्तानले आतंककारी संगठनको प्रयोग गर्‍यो’
  • CIA Khabar

  • जेनेभा- पाकिस्तानले दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि भाडाका सैनिक एवम् आतंककारी संगठनको प्रयोग गर्दै आएको एक जना शोधकर्ताले आरोप लगाएकी छिन् ।

    स्विट्जरल्याण्डस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा बोल्दै ल्युस प्लेइडले राष्ट्रसंघले प्रतिबन्ध लगाएका आतंककारी संगठनहरु पाकिस्तानमा खुला रुपमा सक्रिय रहेको बताएकी हुन् । परिषदमा बोल्दै उनले जैश ए मोहम्मद, लस्कर ए तैएबाजस्ता संगठनलाई पाकिस्तानी सेनाले सहयोग गर्ने गरेको आरोपसमेत लगाइन् ।

    उनले भूराजनीतिक स्वार्थ पूरा गर्नका लागि पछिल्लो समय भाडाका सैनिक प्रयोग हुने क्रम बढेको भन्दै यस्ता संगठनले मानव अधिकार उल्लङ्घन गर्ने जोखिम पनि उच्च हुने बताइन् । उनले पाकिस्तानी सेनाले दण्डहीनताला प्रश्रय दिने गरेको भन्दै परिषदले यसविरुद्ध कदम चाल्नुपर्नेमा समेत जोड दिइन् ।

  • १३ आश्विन २०८०, शनिबार ०८:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images