काठमाडौँको बागमती किनारमा एक युवकको शव फेला
  • CIA Khabar

  • काठमाडौँ– काठमाडौँको बागमती नदी किनारमा एक युवक मृत अवस्थामा भेटिएका छन्।

    आज बिहान काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरस्थित बागमती नदी किनारमा काठमाडौँको बालाजु गोलढुंगा घर भएका शंखमूल बस्ने २० वर्षीय विकास महरा मृत भेटिएको प्रहरीले जनाएको छ ।

    घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

    शव फेला परेको स्थानबाट प्रयोग भएको सिरिञ्ज र मृतको मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा अन्य चोट नदेखिएको र थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।

  • २४ आश्विन २०८०, बुधबार ११:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images