इजरायलको हवाइ आक्रमणमा हमासका अर्थमन्त्री मारिए
  • CIA Khabar

  • काठमाडौँ– इजरायलले गरेको प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्धको हवाइ आक्रमणमा हमासका दुई जना पोलिटब्युरो सदस्य मारिएका छन् ।

    इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा जकारिया अबु मुअम्मर र जवाद अबु शमाला मारिएको बताइएको छ । हमासले पनि इजरायलतर्फ हवाई र स्थलगत आक्रमण जारी राखेको छ ।

    इजरायली सेनाका प्रवक्ता अविचय अद्राईका अनुसार हवाइ आक्रमणमा मारिने अबु शामाला हमासका अर्थमन्त्री समेत हुन् । शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिए भने गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्थे ।

    इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र ‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूहहरूको बीचमा समन्वयकको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ ।

    इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजका अनुसार हमासले गरेको आत्मघाती आक्रमणमा परी इजरायलमा ९ सय बढीको मृत्यु भइसकेको छ भने ३ हजार बढी घाइते भएका छन् ।

    यता, प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ७ सय बढी पुगेको छ भने घाइते हुनेको संख्या ४ हजार नाघेको छ ।

  • २४ आश्विन २०८०, बुधबार ११:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images