कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त, एमालेको समर्थन
  • CIA Khabar

  • काठमाडौँ– कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज बिहान मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    कार्कीको पक्षमा कांग्रेसको शेखर कोइराला पक्षका ८ र नेकपा एमालेका ३९ गरी ४७ जना प्रदेश सांसदले सनाखत गरेपछि खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    हस्ताक्षर सनाखतका लागि प्रदेश प्रमुख खापुङले बिहान ८ देखि दिउँसो २ बजेसम्मको समय दिएका थिए । तर 

    कोशीको मुख्यमन्त्रीमा दाबी गरेका माओवादी केन्द्रका इन्द्र आङ्बो पक्षका सांसदहरू हस्ताक्षर सनाखत प्रक्रियामा सामेल भएका छैनन् ।

    बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।  ९३ सदस्यीय कोसी प्रदेशमा बहुमतका लागि  ४७ सदस्य आवश्यक पर्दछ ।

    कोशीमा आज बनेको सरकार संविधानको धारा १६८ (५) अनुसारको हो। यो सरकारले पनि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनु पर्दछ । विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचन हुनेछ । 

  • २७ आश्विन २०८०, शनिबार १०:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images