प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाँदै
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन् ।

    आम्दा अस्पतालको २५ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री दाहाल बुटबल जान लागेका हुन् ।

    आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रिपक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शय्या बनाइएको थियो ।

    तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शय्याकाे बनाउने भएपछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलान्यास गर्नेछन् ।

    बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।

  • १६ कार्तिक २०८०, बिहीबार ०८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images