विश्वकपमा छनियौँ, निकै भाग्यमानी महसुस गरिरहेका छौँ : कप्तान पौडेल
  • CIA Khabar

  • काठमाडौँ- आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी महसुस गरिरहेको बताएका छन् । उनले विश्वकपमा छनोट भएकोमा आफूहरुलाई गर्व लागिरहेको पनि बताए ।

    शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसंग कुरा गर्र्दै कप्ता पौडेलले आफूहरु सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता भएको भन्दै आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् । नेपाललाई विश्वकपसम्म पुर्‍याउनका लागि टिमका सबैले निकै मेहतन गरेको उनले बताए ।

    विश्वकपको एसिया छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

  • १७ कार्तिक २०८०, शुक्रबार १६:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images