अवैध लागूऔषधसहित ३ जना पक्राउ
  • CIA Khabar

  • कैलाली– धनगढी उपमहानगरपालिका-२ डोके बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा डोटी केआईसिंह गाउँपालिका-१ बस्ने २० वर्षीय निश्चल शाही र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय मनोज रावल रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

    रूपन्देही, मायादेबी गाउँपालिका-१ यरैलीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

    दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

  • २५ मंसिर २०८०, सोमबार १७:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images