लिभरपुल कलेज फुटबल च्याम्पियन
  • CIA Khabar

  • काठमाडौँ। लिभरपुल मावि/कलेजले नामी कलेजलाई टाइब्रेकरमा ५–४ ले हराएर पाँचौँ लिटिल एन्जेल्स अन्तरकलेज फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    लिटिल एन्जेल्स कलेजको खेल मैदानमा मङ्सिर १९ देखि २६ गतेसम्म भएको प्रतियोगिताको फाइनलको निर्धारित र अतिरिक्त समयमा गोलरहित बनेपछि उपाधि विजेताको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो । प्रतियोगितामा लिभरपुलका विपिन कार्की उत्कृष्ट खेलाडी र लिभरपुलकै विश्राम टन्डन उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो ।

    लिभरपुल कलेजले बुधबार आफ्नो च्याम्पियन टिमलाई बधाई ज्ञापन गर्नुका साथै सम्मान गरेको छ । कलेजका प्राचार्य डा. विद्या अधिकारीले लिभरपुल कलेजले उत्कृष्ट शैक्षिक गतिविधिमा अग्रसर रहँदै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई पनि विशेष प्राथमिकता राखेको जानकारी गराउनुभयो ।

  • २८ मंसिर २०८०, बिहीबार १०:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images