चीनमा ५.९ म्याग्निच्युडको भूकम्प, १०० बढीको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ– चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।

    यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।

    आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको समाचारमा जनाइएको छ । 

  • ३ पुष २०८०, मंगलवार ०८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images