सुनुवाइ समितिको बैठक बस्दै, न्यायाधीशहरुको नाम अनुमोदन गरिने
  • CIA Khabar

  • काठमाडौँ– संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

    आज सिंहदरबारमा बस्ने बैठकले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्नेछ ।

    समितिले सोमबार प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकेको थियो ।

    सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

    गत मंसिर ५ गते बसेको न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो ।

  • ४ पुष २०८०, बुधबार ०८:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images