इएफएल कप : चेल्सी सेमिफाइनलमा प्रवेश
  • CIA Khabar

  • काठमाडौँ– इएफएल कप फुटबलमा लन्डन क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ ।

    गए राति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

    टाइब्रेकरमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कु र मिखाइलो मुड्रिचले गोल गरे भने
    न्यूक्यासलका कलुम विल्सन र ब्रुनो गुइमारेसले मात्रै गोल गरेका थिए ।

    यसअघि न्यूक्यासलका कलुम विल्सनले गोल गर्दा चेल्सीका मिखाइलो मुड्रिचले बराबरी गोल फर्काएका थिए । निर्धारित र थपिएको समयमा समेत थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।

  • ४ पुष २०८०, बुधबार ०९:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images