भारतीय विदेशमन्त्री एस जयशंकर जनवरी ४ मा नेपाल आउने
  • CIA Khabar

  • काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकर आगामी जनवरी ४ मा नेपाल आउने भएका छन् ।

    दुई दिने नेपाल भ्रमणका क्रममा उनीसँगै विदेशसचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन निकायलगायतका अधिकारीहरू पनि आउने छन् ।

    भारतीय वायुसेनाको विशेष विमानबाट उनी बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले उनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

    परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाटसँगै भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा पनि सहभागी हुनेछन् ।

    नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्नेछन् ।

  • १३ पुष २०८०, शुक्रबार १५:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images