हेङशुई ताल क्षेत्रमा जाडो छल्न ५० हजार चराको आगमन
  • CIA Khabar

  • काठमाडौँ खानाको अभाव टार्न र हिउँदे चीसो छल्न उत्तरी चीनको हेबेई प्रान्तको हेङशुई ताल क्षेत्रमा ६० भन्दा बढी प्रजातिका ५० हजारभन्दा बढी आप्रवासी चरा आएका छन् । यसले स्थानीय पारिस्थितिकीय वातावरणमा सुधार आएको संकेत गरेको छ । 

    ‘हेङशुई लेक नेसनल नेचर रिजर्भ’का कर्मचारी झाङ युगुआङले भने, ‘ मुख्यतया यहाँको पानीको गुणस्तर, विशाल पानीको क्षेत्र र पर्याप्त खाद्य स्रोतहरूको कारण हालैका वर्षहरूमा हेङशुई तालमा हिउँद बिताउन आउने दुर्लभ चराहरूको सङ्ख्या बढ्दै गएको छ ।’ 

    ‘यी चरामध्ये १० हजारभन्दा बढी जल हाँस हेङशुई तालमा भेटिएका छन् । जाडो यामपछि उनीहरू दक्षिणतिर बसाइँ सर्नेछन्,’ झाङले भने । 

    उत्तरी चीनको समतल भूमिमा रहेको सबैभन्दा ठूलो ताल, वरपरको सिमसार, चउर र जंगलले घेरिएको हेबेईको हेङगशुई शहर नजिकै रहेको उक्त ताल चीनको राष्ट्रिय प्रकृति संरक्षण केन्द्र हो ।

    यो पूर्वी एसियाली तथा अष्ट्रेलियाली आकाश मार्गबाट आउने प्रवासी चराहरूको लागि यात्रामा विश्राम लिने, प्रशस्त आहारा पाइने र जाडो बिताउने ठाउँ पनि हो । संरक्षण केन्द्रका अधिकारीले यहाँ यो वर्षको हिउँदमा हालसम्म ३३४ प्रजातिका चराको अवलोकन तथा अभिलेखीकरण गरिएको जनाएका छन् ।

  • ३ माघ २०८०, बुधबार १५:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images