आर्मीलाई हराउँदै बागमती ३ विकेटले विजयी
  • CIA Khabar

  • काठमाडौँ– बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

    आर्मीले दिएको ९८ रनको लक्ष्य पछाएको बागमती प्रदेशले २२.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि बागमतीका सूर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिङ लाइन धराशायी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाएको थियो । 

    बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए भने भीम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए । 

    यो बागमती प्रदेशको जारी प्रतियोगितामा दोस्रो जित हो । ४ खेलमा २ जित र २ हारसहित बागमतीको ४ अंक भएको छ । त्यस्तै आर्मीको भने यो दोस्रो खेलमा पहिलो हार हो । अब आर्मीले अर्को खेल बिहिबार कोशी प्रदेशविरुद्ध खेल्ने छ भने बागमती प्रदेशले शुक्रबार कोशी प्रदेशविरुद्ध नै खेल्ने छ ।

  • ३ माघ २०८०, बुधबार १५:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images