नेपालमा सबैभन्दा बढी रेमिटेन्स भित्रिएको छ – अर्थ सभापति चालिसे
  • CIA Khabar

  • काठमाण्डौं । नेपाल सरकारका अर्थ समितिका सभापति सन्तोष चालिसेले पछिल्लो यो चार महिनामा इतिहासको सबै भन्दा बढी रेमिटेन्स नेपालमा भित्रिएको बताएका छन् । सांस्कृतिक युवा समाजले आयोजना गरेको सार्वजनिक अभिव्यक्ति तथा नेतृत्व विकासको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै अहिले पछिल्लो ४ महिनामा प्रत्येक महिना डेढ खर्ब भन्दा बढी रेमिटेन्स नेपालमा भित्रिएको बताएका छन् ।

    नेपाल सरकारका अर्थ समिति सभापति समेत रहेका नेपाली काँग्रेसका नेता तथा काठमाण्डौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य चालिसेले भने“हामीलाई भन्न त दुःख लाग्छ तर विदेश गएका नेपाली दाजु भाइले रगत पसिना बगाएर कमाएर पढाएको रेमिटेन्स मात्र महिनामा डेढ खर्ब नेपालमा भित्रिएको छ । आर्थिक सङ्कट छैन । बजारमा चलेको हल्ला जस्तो नेपाल आर्थिक सङ्कटमा छैन । जति चाहे पनि छ । डलरको समस्या विगत ६ महिना अघि केही समस्या थियो तर अहिले एक वर्षको लागी जति पनि डलर छ । हामीले राष्ट्रिय वाणिज्य बैङ्कलाई सस्तोमा ऋण प्रवाह गर्न भनेका छौँ । तर राष्ट्रिय वाणिज्य बैङ्क मानी रहेको छैन चालिसेले भने ।

  • ८ माघ २०८०, सोमबार १०:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images