नेपाल सुपर सिक्समा
  • CIA Khabar

  • काठमाडौं– आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको छ । शुक्रबार सम्पन्न समूह ‘डी’को अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।

    अफगानिस्तानले दिएको एक सय ४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कप्तान देव खनालले महत्वपूर्ण अर्धसतक बनाए । ८९ बल सामना गरेको खनालले सात चौकासहित ५८ रन बनाए । त्यस्तै दिपक बोहराले महत्वपूर्ण २७ रनकाे योगदान दिए । नेपालका अर्जुन कुमाल १० र आकाश त्रिपाटी १६ रन जोडेर आउट भए । गुल्सन झा १, विपीन रावल २ र दीपक डुम्रेले ५ रन बनाए । दीपेश कँडेल ४ रन जोडेर आउट भए ।

    दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रन बनाएको थियो ।

    नेपालका तीव्र गतिका बलर आकाश चन्द एक्लैले ५ विकेट लिएपछि अफगानिस्तानको ब्याटिङ धरासायी बनेको थियो । नेपालका लागि आकाश चन्द एक्लैले ५ विकेट लिँदा दिपेश कँडेलले २ विकेट लिए । गुल्शन झा, तिलक भण्डारी र सुवास भण्डारीले १ र १ विकेट लिए ।

    यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका छन् । आइसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ । कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन् । दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन् ।

    समूह ‘डी’बाट पाकिस्तान र न्यूजिल्याण्ड यसअघि नै सुपर सिक्समा पुगेका थिए । नेपालले अब समूह ‘ए’ मा रहेका भारत तथा अन्य दुई देशका टोलीसँग खेल्ने छ ।

  • १३ माघ २०८०, शनिबार १०:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images