महामन्त्री थापाको ‘संवाद यात्रा’ झापाबाट सुरु
  • CIA Khabar

  • काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झापाको मेची पुलबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । आज बिहान ८ बजे झापाको मेची भन्सारबाट उनले यात्रा सुरु गरेका हुन् ।

    समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदिप पौडेललगायत सहभागी भएका छन् ।

    पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

    कांग्रेसले आजदेखि माघ २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गरेका हुन् ।

    संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ ।

  • १३ माघ २०८०, शनिबार १०:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images