गायक भक्तराज आचार्यको निधन
  • CIA Khabar

  • काठमाडौँ– गायक भक्तराज आचार्यको निधन भएको छ ।

    उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो । संगीतकार टिका भण्डारीले उनको निधनबारे पुष्टि गरे । वि.सं.१९९९ असोज १६ गते जन्मेका आचार्यको ८१ वर्षको उमेरमा निधन भएको हो ।

    भजन शिरोमणिको उपाधि पाएका भक्तराजले गाएका गीतहरू लोकप्रिय छन् । उनले गाएको जति चोट दिन्छौ देऊ मायालु बोलको गीत निकै लोकप्रिय छ ।

  • १४ फाल्गुन २०८०, सोमबार २०:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images