गाजाको रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनी
  • CIA Khabar

  • जकार्ता – इजरायलको सेनाले दक्षिणी गाजान शहर रफाहमा नागरिकहरूलाई सुरक्षित निकाल्ने लगायतका सैन्य योजना मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ ।
    प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा यसबारे जनाकारी दिइएको छ ।  स्रोतका अनुसार १० लाखभन्दा बढी मानिसहरू इजरायली बमबारीबाट अन्यत्र आश्रय खोजिरहेको बताइएको छ।

    यसैबीच क्याबिनेटले खाद्य ट्रकहरू सिधै उत्तरी गाजामा प्रवेश गर्ने योजनालाई अनुमोदन गरेको छ । सामान बोकेका ट्रकहरूलाई बाटोमै सर्वसाधारणहरूले लुट्ने गरेकाले यस्तो विधि अपनाइएको बताइएको छ ।

    हाल मानवीय सहायताका ट्रकहरू दक्षिणी एन्क्लेभमा अवस्थित दुई क्रसिङहरू हुँदै गाजामा प्रवेश गर्ने गरेका छन् । भोगग्रस्त नागरिकहरूले ट्रकहरूमा आक्रमण गर्ने गरेकाले खाद्यान्न लक्षित समुदाय र क्षेत्रसम्म पुर्याउन सकिएको छैन।

    गाजा स्ट्रिपमा कम्तिमा ४ घरपरिवारमा एउटा अथवा ५ लाख मानिसहरू चरम खाद्यसुरक्षाको चुनौती भोगिरहेका छन् ।

  • १४ फाल्गुन २०८०, सोमबार २१:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images