कांग्रेसले प्रवास देखि नै सङठन बलियो बनाउनु पर्नेमा जोड
  • CIA Khabar

  • दीपक भण्डारी पोर्चुगल । नेपालको इतिहासमा नेपाली काङ्ग्रेस पुरानो र ठूलो पाटी हो । यहि बिरासत जोगाई राख्न पछिल्लो समय युरोपका केही देशहरुमा रहेका नेपालिहरुलाई गोलवन्द गर्दै जानू पर्दछ भन्ने उदेश्य का साथ जनसम्पर्क समितिहरुले धमाधम कार्यक्रम गरिरहेका छन । नेपालमा पछिल्लो समयमा उम्रेका नया पाटिहरुको कारण पनि पुरानो ईतिहास बोकेको पाटी नेपाली काङ्ग्रेस लाई प्रवास सम्म बलियो बनाउने उदेश्य रहेको जन सम्पर्क समिती पोर्चुगल का सभापति युबराज पन्थी बताउछन । हालसम्म नेपालमा भएका ठुला ठुला परिवर्तन मा नेपाली काङ्ग्रेस को नेतृत्व रहेको बिरासतलाई हामिले बिर्सनु हुन्न उनको भनाई छ। यहि उदेश्यका साथ फागुन १८ गते अर्थात मार्च ०१ तारिख का दिन राजधानी लिस्बन मा एक कार्यक्रम को आयोजना गरिएको छ ।

    उक्त कार्यक्रममा भाग लिनको लागि नेपालबाट नेपाली काङ्ग्रेस केन्द्रिय सह महामन्त्री एवम पुर्ब मन्त्री महालक्ष्मी उपाध्याय (डिना) , नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम बाग्मती प्रदेश संसदीय दलको नेता तथा बागमति प्रदेशको अर्थ मन्त्री बहादुरशिंह लामा , नेपाली काङ्ग्रेस काभ्रे जिल्ला सभापति एबम बाग्मती प्रदेशको खानेपनि उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामा तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य नानुमाया बस्तोलाको उपस्थितीमा बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने लागिएको नेपाली जनसम्पर्क समिति पोर्तुगलका सदस्य सज्जन हमालले बताए ।

    जनसम्पर्क समिति पोर्चुगलले मार्च १ गते शुक्रबार औपचारिक कार्यक्रम गर्ने गरि उहाहरुलाइ पोर्चुगलमा निमन्त्रणा गरेको हो। राजधानी लिस्वनको जिनेसियो हल आन्जुसमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम रहेको ले विभिन्न समाज सङ सङ्गठन लगाएतको उपस्थित रहने सदस्य हमालको भनाई छ । अतिथिहरुलाई जन सम्पर्क समिती पोर्चुगलका सभापति युबराज पन्थि संस्थापक सभापति पुर्ण बहादुर हमाल पुर्ब सभापति लक्ष्मी प्रसाद सापकोटा लगाएतले स्वागत गर्नु भएको थियो । लिस्बोन को कार्यक्रम पश्चात् नेताहरु बेल्जियम जाने कार्यतालिका रहेको छ।

  • १८ फाल्गुन २०८०, शुक्रबार १६:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images