राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
  • CIA Khabar

  • काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।

    कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो । छलफलमा सांसदहरु रमेशजङ्ग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफनो धारणा राखेका थिए ।

    त्यस्तै, बैठकले राष्ट्रियसभा (दोस्रो संशोधन )नियमावली, २०८० पारित गरेको छ । समितिका सभापति सुरेशकुमार आलेमगरले सो प्रस्ताव पेस गरेका थिए । त्यसमाथि सांसदहरु प्रकाश पन्थ, भुवनबहादुर सुनार, रमेशजंग रायमाझी, कमला पन्त, डा विमला राई पौडेल, जितेन्द्रनारायण देव, भैरवसुन्दर श्रेष्ठ, खिमलाल देवकोटा, विमला घिमिरे र गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राखेका थिए ।

    लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभामा सदस्यकोतर्फबाट ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरुको अनुमगन, निरीक्षण र मूल्याङ्कनको प्रतिवेदन, २०८० सभासमक्ष पेस गरे । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० सभासमक्ष पेस गरे ।

    त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन,

  • १८ फाल्गुन २०८०, शुक्रबार १६:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images