राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा केही असर पर्दैन – सञ्चारमन्त्री शर्मा
  • CIA Khabar

  • काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने बताएकी छिन् ।

    शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरुको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएकी हुन् ।

    उनले माओवादीभित्र राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्ने गरी कुरा राख्ने समझदारी बनेको र यस विषयपनि गठबन्धनभित्रै छलफल हुने जिकिर गरिन् । राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति नभएर समझदारी बनेको भएपनि अहिले परिस्थिति फरक रहेको उनको भनाइ छ । शर्माले माओवादीको मागलाई गठबन्धन दलले सहयोग गर्नुपर्ने बताइन् ।

    त्यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष चयनको बिषयमा गठबन्धनले नै टुङ्गो लगाउने र सर्वसम्मत उम्मेदवार दिने बताए । निर्वाचनका बेला जनताको विश्वास लिएर गठबन्धन बनाएको भन्दै पाँचै वर्ष गठबन्धन चल्ने उनले बताए । राष्ट्रियसभा अध्यक्षको दाबीले गठबन्धनमा कुनै समस्या नभएको उनको भनाइ छ ।

    उनले गठबन्धनभित्र केहि समस्या भए छलफलबाटै निष्कर्षमा पुगिने जिकिर गरे ।

  • १८ फाल्गुन २०८०, शुक्रबार १६:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images