फिफा विश्वकप छनोट स् बहराइनसँग नेपाल पुनः पराजित
  • CIA Khabar

  • काठमाडौँ– फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोट अन्तर्गत दोस्रो चरणको चौथो खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ ।

    बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान सकिएको खेलमा नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे ।

    समूह ‘एच’मा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।

    त्यसअघि नेपालले युएईविरुद्ध ४–० गोलको हार बेहोरेको थियो भने यमनसँग २–० गोलले पराजित भएको थियो ।

    नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छ भने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ । ९ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

  • १४ चैत्र २०८०, बुधबार ०८:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images