इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
  • CIA Khabar

  • रान– इटहरीमा जारी १४औँ इटहरी गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

    गएराति इटहरीमा भएको खेलमा साबिक विजेता सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोलले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

    निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरीले मात्र गोल गरेका थिए ।

    सो खेलमा म्यान अफ द म्याचको उपाधि आर्मीका गोलरक्षक विकेस कुथुले हात पारे । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

    आज गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

  • १५ चैत्र २०८०, बिहीबार ०८:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images