इटहरी गोल्डकपमा आज चर्च ब्वाइज र राष्ट्रिय जागृतीबीच प्रतिस्पर्धा
  • CIA Khabar

  • काठमाडौँ– इटहरी गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड काठमाडौँ र आयोजक राष्ट्रिय जागृती क्लबबीच प्रतिष्पर्धा हुँदैछ । खेल इटहरी रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

    चर्च ब्वाइज न्युरोड टिम (एनआरटी)लाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने आयोजक राष्ट्रिय जागृती क्लबले कञ्चनजंगा फुटबल क्लबलाई पराजित गरेको थियो ।

    फाइनल खेला शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

  • १५ चैत्र २०८०, बिहीबार ०९:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images