सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?
  • CIA Khabar

  • काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार ७०० रुपैयाँले बढेर १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • ४ बैशाख २०८१, मंगलवार १२:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images