६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे
  • CIA Khabar

  • काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ मा ३०२४ को संख्यामा रहेका वाणिज्य बैंकको शाखा २०२४ सम्म आइपुग्दा ५०३६ को संख्यामा पुगेको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फेब्रुअरी १५ सम्म सबैभन्दा धेरै शाखा एनआइसी एशियाको ४७६ वटा र सबैभन्दा कम स्टान्डर्ड चाटर्ड बैंकका १५ वटा मात्रै शाखा सञ्चालनमा छन् ।

    सर्वेक्षण अवधिसम्म दोस्रो धेरै शाखा कार्यालय हुनेमा ग्लोबल आइएमई बैंक रहेको छ । जसको शाखा कार्यालय ४२० वटा रहेका छन् । त्यस्तै, प्रभु बैंकका ३७१, कुमारी बैंकका ३५४, राष्ट्रिय वाणिज्य बैंकका ३४६, नेपाल इन्भेष्टमेन्ट मेगाका ३३५ र लक्ष्मी सनराइज बैंकक ३०२ वटा शाखा कार्यालय रहेका छन् ।

    अन्य वाणिज्य बैंकहरुको शाखा कार्यालय भने ३ सय भन्दा कम संख्यामा रहेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । जसमा नेपाल बैंक र नविल बैंकका २८८, कृषि विकास बैंकका २८७, एनएमबीका २१३, सिद्धार्थका १९७, हिमालयनका १९६, सिटिजन्स कमर्सियलका १९३, प्राइम कमर्सियलका १९२, माछापुच्छ्रेका १७८, सानिमाका १३३, एभरेष्टका १३२ र नेपाल एसबीआईका १२० शाखा कार्यालयहरु रहेका छन् ।

  • ४ बैशाख २०८१, मंगलवार १२:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images