गठबन्धनबाट दुइ-चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : बास्कोटा
  • CIA Khabar

  • काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुइ-चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनीतिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद भएको बताउँदै २/४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन् ।

    उनले भनेका छन्- ‘फेरि राजनीतिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो । सधैँको अस्थिरता किन र केका लागि ? समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत  एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सिट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ ।’

  • ४ बैशाख २०८१, मंगलवार १२:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images