गिरिजाले सधै भेट्ने गरेका किराँत धर्मगुरुको आश्रममा काङ्ग्रेस नेता कोइराला
  • CIA Khabar

  • काठमाडौं–    नेपाली कांग्रेसका नेता डा शेखर कोइराला आज किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशिर्वाद लिन उनको आश्रम पुगेका छन। उपनिर्वाचनको प्रचारका लागि ईलाम-२ पुगेका कोइरालाले आज ईलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन।

    भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरे ।

    गिरिजाप्रसाद कोइराला ३ पटक आफुलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने -“गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईले निकै राम्रो भुमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस, म तपाईंको साथमा छु ।”

    जवाफमा नेता कोइरालाले आफू यतिबेला सबै भन्दा माथि देश र जनता छन भन्ने अभियान बोकेर हिडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशिर्वाद लिन आएको बताए । कोइरालाले अहिलेको बेतिथी हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा बिश्वस्त रहेको धारणा राखे ।

  • ४ बैशाख २०८१, मंगलवार १४:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images