सेनेटरी प्याड बनाउने तालिम बुढिगंगा नपा २ मा सम्पन्न
  • CIA Khabar

  • काठमाण्डौं । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न २ ले आयोजना गरेको किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालीम सम्पन्न गरेको छ । नगरपालिकाले वडामा रहेका ३ वटा विद्यालयका २६ जना किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालिम दिएको हो ।
    नगरपालिकाको सहयोगमा आईडिएस नेपालले आयोजना गरिएको तालिम पछि सहभागीहरूले आफूलाई आवश्यक पर्ने प्याड आफै तालिम पछि तयार गर्न सक्ने भएको आईडिएस नेपालका पालिका संयोजक माया विष्टले जानकारी दिइन । संयोजक विष्टले भनिन्“ किशोरीहरू महिनामा कहिदिन विद्यालय जान वा बाहिर निस्कन समस्या हुने र सबै किशोरीहरूलाई बजारमा खरिद गर्न समस्या हुने गर्दछ । यो तालिम पछि त्यस्तो समस्या नहुने बताइन्”
    महिनावारीको समयमा किशोरीहरूमा विद्यालय आउन समेत नसक्ने अवस्था रहने हुनाले उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफैले बनाएको प्याड प्रयोग गर्न सके स्वास्थ्यका लागि पनि राम्रो हुने सहजकर्ता आशा थापाले बताएकी छिन । किशोरीहरूलाई धोएर पुनः प्रयोग गर्न सक्ने कपडा प्रयोग गरेर बनाउन सिकाइएको स्वास्थ्य कर्मी तथा सहजकर्ता थापाले जनाएकी छिन् । कार्यक्रमको सहजीकरण आईडिएस नेपालका जिल्ला संयोजक प्रेम खनाल र लेखापाल लक्ष्मीराज जोशीले गरेका थिए ।
    महिनावारी हुँदा छात्रा विद्यालयमा उपस्थित नहुने तथा कक्षा छाडेर जाने परम्पराको अन्त्य हुने नगरपालिकाले जनाएको छ । साथै किशोरीहरूलाई आत्मनिर्भर बनाएर घरमै प्याड बनाउन यस तालिमले सहयोग गर्ने विश्वास गरिएको छ । किशोरीहरूलाई तालिममा स्वास्थ्य सरसफाइ, किशोरी अवस्थामा हुने परिवर्तन र स्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा तालिम दिइएको छ । बुढिगंगा नगरपालिका वडा न २ का कार्यवाहक वडा अध्यक्ष धर्मराज जैशीको अध्यक्षतामा सो कार्यक्रमको सञ्चालन गरिएको आईडिएस नेपालका पालिका संयोजक माया विष्टले बताएकी छिन ।
  • ११ बैशाख २०८१, मंगलवार ०९:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images