टी-२० विश्वकप : अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक
  • CIA Khabar

  • काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका छन्। अहिले जारी आयोजक अमेरिका र क्यानडाबिचको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका हुन्।

    क्यानडाका ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे। यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक हो। ४४ बल खेलेका उनले ६ चौका  र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए। उनी कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट गरे।

    त्यसैगरी क्यानडाका अर्का ब्याट्सम्यान निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए। उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे। उनी ३१ बल खेल्दै ५१ रनमा आउट भए।

  • २० जेष्ठ २०८१, आईतवार ०९:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images