वाराणसीमा कडा प्रतिस्पर्धा, सुरुवाती रूझानमा पछि परेका मोदीले अग्रता बनाए
  • CIA Khabar

  • एजेन्सी-सुरुवाती रुझानमा पछि परेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी सिटमा फेरि अगाडि आएका छन् ।

    दुई घण्टासम्म पछि परेका उनी अब अग्रता बनाउन सफल भएका हुन् ।

    अहिलेको अवस्थामा मोदी बनारसमा ४९ हजार भोटले अगाडि निस्किएका हुन् ।

    बिहान साढे १० बजेसम्म उनी कांग्रेसका अजय रायभन्दा पछि थिए । मोदी कुल ८५ हजार १५२ मतसहित अगाडि थिए । जहाँ अजय रायले ६३ हजार ५२३ मत ल्याएका थिए ।त्यसअघि बिहान ९ बजेर ४० मिनेटसम्म कांग्रेस प्रदेश अध्‍यक्ष अजय राय यस सिटमा अगाडि थिए । यहाँ रायले अहिले पनि मोदीलाई कडा टक्कर दिइरहेका छन् ।

    वाराणसी सिटमा मोदी र रायसहित अरु ६ जना प्रतिस्पर्धी छन् । जहाँ ताजा अवस्थामा मोदी ४९ हजार २३० भोटले अघि देखिएका हुन् ।

    कांग्रेस गठबन्धनबाट अजय राय र बहुजन समाजवादी पार्टीबाट अतहर जमाल लारी मुख्य उम्मेदवार हुन् ।

    सन् २०१४ र २०१९ को लोकसभा चुनावमा मोदीले वाराणसीमा भारी मतान्तरको जित निकालेका थिए । यहाँ सन् २०१४ मा कांग्रेसका अजय राय तेस्रो स्थानमा थिए । आम आदमी पार्टी प्रमुख अरविन्द केजरीवाल त्यसबेला दोस्रो स्थानमा थिए । त्यसबेला मोदीले ३ लाख ७० हजार भन्दा फराकिलो मतको जित निकालेका थिए ।

    लोकसभा चुनाव २०१९ मा अजय राय वाराणसीमा कांग्रेसका उम्मेदवार थिए । उनी त्यसबेला तेस्रो स्थानमा समेटिए । मोदीले ६३।६२ प्रतिशत मत ल्याएका थिए । बहुजन समाजवादीकी शालिनी यादवलाई उनले ४ लाख ७९ हजार मतको अन्तरले मोदीले हराएका थिए ।

    यस पटक कांग्रेसका रायलाई समाजवादी प्रमुख अखिलेश यादवको साथ मिलेको छ । यस चुनावमा वाराणसीमा मोदीविरुद्ध कांग्रेस र सपाले सबै शक्ति लगाएको छ ।राहुल गान्धी र अखिलेश यादवदेखि लिएर डिम्पल(प्रियंकासम्म वाराणसीमा चुनाव प्रचारका लागि उत्रिएका थिए ।

  • २२ जेष्ठ २०८१, मंगलवार १३:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images