रुकुम पश्चिम ।
यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति जति जति नजिकिँदै छ । उति उति चुनावी सरगर्मी पनि बढीरहेको छ । बिशेष गरी रुकुम पश्चिममा सँधैभरी जनार्दन शर्माकाका चुनावी कमान्डर रहेका गोपाल शर्मा अनल र उनै जनार्दन शर्मा बिच चुनावी प्रतिस्पर्धा छ । उनीहरु दुवैले रुकुमको समृद्धिका लागी आफु लाग्ने दावी गरिरहेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमका उम्मेदवार गोपाल शर्मा अनल यति बेला चुनावी अभियानमा निकै व्यस्थ छन् । रुकुम पश्चिममा गाँउ गाँउमा मतदाताको घरदैलोमै पुुगेर उनले मत मागिरहेका छन् । भारी मतका साथ बिजय हुने उनले बिश्वासका साथ प्रचार प्रसारलाई तिब्र पारेका अनलले गाउँ,गाउँका समस्या प्रत्यक्ष रुपमा सङ्कलन गरी केन्द्रसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले “गाउँबाट काम लिएर सिंहदरबार जाने र समाधान खोजेर गाउँ फर्किने” आफ्नो मुख्य एजेन्डा रहेको बताएका हुन्।
चुनावी भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा बोल्दै शर्माले विगतमा जनप्रतिनिधि र नागरिकबीच देखिएको दूरी अन्त्य गर्ने दाबी गर्दै “जनताको समस्या कागजमा मात्र सीमित हुँदैन, त्यसको व्यवहारिक समाधान खोज्नुपर्छ,” उनले भने, “म जनताको आवाज बनेर सिंहदरबार पुग्नेछु र समाधान लिएर मात्रै गाउँ फर्किनेछु।”उनले रुकुमका मुख्य समस्या—खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र रोजगारी लाई प्राथमिकतामा राखेर काम गर्ने बताए। स्थानीय विकासका योजनाहरूलाई केन्द्र सरकारसँग समन्वय गरी छिटो कार्यान्वयन गर्ने उनको दाबी छ । कुल एक लाख ६ हजार ६सय साठी रहेको रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्मा अनल, नेपाली कांग्रेसबाट राजु केसी, प्रलोपाबाट जनार्दन शर्मा, एमालेबाट नन्दराम देवकोटा, रास्वपाबाट मानबहादुर शाही, राप्रपाबाट गोपाल खड्का,नेमकिपाबाट धनबहादुर बि.क,जनमोर्चाबाट सत्यनारायण श्रेष्ठ,नेकपा संयुक्तबाट शेरबहादुर केसी, नेकपा माओबादीबाट चन्द्रबहादुर बुढा, उज्यालो नेपालबाट नरेन्द्र केसी र आम जनता पार्टीबाट प्रेमा दमाई नेपालीले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । यद्यपी पछिल्लो समय एमालेले आफ्नो उम्मेदारी निष्कृय गराएर जनार्दन शर्मालाई सहयोग गर्ने निर्णय गर्दै एमालेका उम्मेदवार नन्दराम देवकोटालाई चुनावी कमान्डर बनाएको छ ।














