हिमाली जिल्लाको मतपेटिका संकलन भोलि मात्रै गरिने
  • CIA Khabar

  • हिमाली जिल्लाका मतपेटिका संकलन गरेर भोलि मात्रै सकिने भएको छ। हेलिकप्टरको व्यस्तताका कारण कतिपय हिमाली जिल्लाको मतपेटिका संकलन शुक्रबार मात्र सम्पन्न हुने भएको हो।

    निर्वाचन आयोगका अनुसार संखुवासभा, सोलुखुम्बु, मनाङ र गोर्खाको उच्च हिमाली क्षेत्रको मतपेटिका संकलन भोलि बिहान मात्र हुनेछ।

    हिमाली क्षेत्रका १५ जिल्ला ६१ मतदानस्थलका मतपेटिका संकलन हेलिकप्टरबाट गरिदैँछ। मतपेटिका संकलनको जिम्मा नेपाली सेनाले पाएको छ।

    आयोगका अनुसार हिमाली क्षेत्रका ताप्लेजुङ, रसुवा र रुकुम पूर्वको मतपेटिका आजै संकलन गरिने भएको छ।

  • २१ फाल्गुन २०८२, बिहीबार १९:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images