काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ । आज पार्टी कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ पुरुष गरी ५७ जनाको नाम आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले बताउनुभयाे ।
आयोगमा पठाइएको नाम प्रस्तावित मात्र भएको भन्दै उहाँले उक्त नाम आयोगबाट रुजु नभएसम्म सार्वजनिक नगर्ने जानकारी दिनुभयाे । झाले क्लस्टस्टर अनुसार खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम पठाइएको बताउनुभयाे ।














