पूर्वप्रधानमन्त्री ओली पक्राउ
  • CIA Khabar

  • काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको थियो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर पुर्याइएको  ।
    भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो।
    यस्तै कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेबाट पक्राउ गरिएको हो । गत भदौ २३ गते भएको जेन(जी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको प्रकरणमा उनी पक्राउ परेका हुन्। लेखकको हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको घटनामा तत्कालीन गृहमन्त्रीका रूपमा जिम्मेवार ठहर गर्दै गौरीबहादुर कार्की जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सजाय सिफारिस गरेको थियो। उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो।

  • १४ चैत्र २०८२, शनिबार ०६:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images