साउदीमा २० भन्दा बढी नेपाली तिन महिना देखी अलपत्र
  • CIA Khabar

  • तिन महिना पहिला साउदीमा गाडी चालकको रुपमा काम गर्ने भनेर गएका नेपालीहरु अलपत्र परेका छन् । उनीहरुलाई फलामको तातो रडहरु लोडअनलोड गर्ने काममा लगाएको र सो कामको पनि उनीहरुलाई पैंसा दिइएको छैन । काठमान्डौको चन्डोलमा रहेको अल शहिड ओभरसिज  प्रालिले उनीहरुलाई पठाएको हो । उनीहरु साउदीमा अलमुबारक कम्पनीमा काम गर्ने भनि गएका थिए । तर सोही कम्पनीमा पनि उनीहरुले फरक काम पाएका छन् भने काम गरेको पैंसा हाल सम्म पाएका छैनन । उनीहरुको उद्धार गरिदिन आग्रह गरिएको छ ।
    कविलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ का प्रदिप ठाकुर सहित २० भन्दा बढी युवाहरु अलपत्र परेका छन् । दुई लाख पचास हजार रुपैयाँ तिरेर तीन महिना अघि साउदी अरब पुगेका थिए । हेभी ड्राइभरको काम र १२५० रियाल तलबको आशामा गएका उनीहरु अहिले तीन महिनादेखि अलपत्र अवस्थामा रहेका छन् । पीडित युवाहरुका अनुसार कम्पनीले अहिलेसम्म न काम दिएको छ, न तलब नै दिएको छ । रोजगारीको सपना बोकेर विदेश पुगेका उनीहरु अहिले दैनिक जीवन चलाउन समेत कठिन अवस्थामा पुगेका छन् ।
    यता सम्बन्धित मेनपावर कम्पनीले समस्या समाधानको प्रक्रिया अघि बढाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै ठोस पहल नभएको बताइएको छ । हामीले अल शहिड ओभरसिज  प्रालिको फोन नं ०१-४५१४४४० मा फोन गरेर प्रतिक्रिया लिन खोजेका थियौं तर सो फोन नम्बरको आगमन कल निषेध गरिएको छ ।

    तर हामीले इमेल मार्फत प्रतिक्रिया लिएका थियौं । सो ओभरसिज प्रालिले तपाईंले प्राप्त गर्नुभएको जानकारी पूर्ण रूपमा सत्य होइन भनेको छ । उसले हामीले नेपाली लाइसेन्स भएका चालकहरूलाई साउदी अरेबियामा पठाएका थियौं, र त्यहाँ उचित लाइसेन्स प्राप्त गर्न करिब ४५ दिन लागेको थियो। साथै, उनीहरूलाई काम उपलब्ध गराउनका लागि केही प्रक्रियाहरू पनि पूरा गर्नुपरेको बताएको छ । हाल उनीहरू सबैले आफ्नो उचित ड्राइभिङ काम पाइसकेका छन् र तलब पनि प्राप्त गरिसकेको भन्दै चालकहरूको तलब स्लिप पनि पठाएको छ । सो प्रालिले लोडिङ–अनलोडिङ कामको सन्दर्भमा, सम्भवतः उनीहरूले आफ्नो कम्पनी वा बसोबास गर्ने स्थान सफा गरिरहेको समयमा उक्त भिडियो बनाइएको दावी गरेको छ । तर पिडितहरुले भने आफुहरुलाई मेनपावरले अलपत्र पारेको भन्दै उद्धार गरिदिन आग्रह गरेका छन् ।तर मेनपावरले उनीहरुको जुनसुकै समयमा पनि ती समस्याहरू समाधान गर्न प्रतिबद्ध भएको बताएको छ ।

  • १२ जेष्ठ २०८३, मंगलवार १६:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images