काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुग्नुभएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेलाई नयाँ दिल्लीस्थित विमानस्थलमा भाजपा राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गर्नुभएको थियो। लामिछानेको भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम रहेको बताइएको छ। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक सहकार्य तथा क्षेत्रीय चासोका विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ।














