एन आर एन ए (NRNA) पोर्चुगलमा लाखौ रुपैयाको अनिमियता भएको भन्दै सस्था भित्र बिरोध भै रहेको छ । सस्थाका अध्यक्ष दीपा काफ्ले , महासचिब गोबिन्द बुढाथोकी ( सागर )ले एकलौटी रुपमा 22 हजार युरो हिनाबिना गरेको उपाध्यक्ष गनि गुरुङ्ग ले बताउनु भयो । कार्यकाल एक बर्ष बिति सक्दा समेत कोषाध्यक्ष को नाममा खाता सन्चालन गर्न नखोज्नु नै प्रष्ट रुपमा अनमितताको नियत झल्किन्छ उपाध्यक्ष पेमा शेर्पाको भनाइछ । त्यस्तै आइसिसी सदस्य राज गुरुङ्गले सस्थागत रुपमा गरिने कुनैपनी बिषय सामुहिक निर्णय बाट गरिनु पर्ने मा जोड दिनु भएको छ । त्यस्तै उपाध्यक्ष निर्पेश गिरिले सस्थामा एक पटक पनि सल्लाह नगरी एकलौटी कार्यसमिति मा मनोनीत गरिनु दुखद भएको बताउनु भयो ।उहाका अनुसार मनोनित सदस्यहरुको अनि सुल्क द्वय अध्यक्ष काफ्ले र महासचिव बुढाथोकी ले हिनाबिना गरेको हुन सक्ने समेत बताउनु भयो । सस्था भित्र एकलौटी निर्णन लादिनु सस्था को हितमा नहुने अधिकाँँस सदस्यहरुको भनाई रहेको छ । सस्थामा पछिल्लो समय विभिन्न पदमा एक दर्जन बढि मनोनित गरिएको छ । तत्कालिन अधिवेसन मा अपरााजित अध्यक्ष पदका प्रत्यासी सुजन लामा मोक्तान ले सस्था भित्र को पारादर्शिताको विषय उठाउदै अलग सस्था स्थापना गरेर अलग्गिएका थिए ।















