बीबीसीका पूर्वपत्रकार रास्वपाको चुनावी मैदानमा
  • CIA Khabar

  • बीबीसी नेपाली सेवामा दुई दशक बिताएका पत्रकार नेत्र केसीले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। दैलेखका केसीले भूगोल अन्तर्गत कर्णाली प्रदेशबाट उम्मेदवार बनेका हुन्। उनले नेपालको माओवादी द्वन्द्व, राजा ज्ञानेन्द्रको कू, शान्ति प्रकिया र संविधान लेखनसहितका पछिल्ला घटनाक्रममा नेपालगञ्ज र काठमाडौँ सहित देशका विभिन्न ठाउँबाट गरेका रिपोर्टिङ धेरैले सम्झन्छन्। नयाँ परिवेशमा रास्वपाको सङ्गठन विस्तार र तल्लो तहसम्मै परिवर्तनको आभाष गराउन आफू पत्रकारिता छाडेर राजनीति प्रवेश गरेको केसी बताउँछन्। ‘उहिले मैले आफ्नो जीवनलाई पूर्ण निष्ठासाथ पत्रकारितामा समर्पित गरेको थिएँ, अब त्यस्तै पवित्र निष्ठा अब म राजनीतिमा लगाउँदैछु,’ केसी भन्छन्। ‘म कुनै लोभ, मोह र अपेक्षाभन्दा माथि उठेर अपार जनविश्वास पाएको रास्वपाका कामलाई संस्थागत गर्न लाग्नेछु।’ केसीले थप भने: ‘इतिहासले दिएको यस दुर्लभ अवसरलाई गाउँमै रहेर मलजल गर्नु मेरो एकमात्र उद्देश्य छ।’

  • १० असार २०८३, बुधबार १५:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images