सुर्खेतमा बैंक तथा निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत ३१ जना बिपन्न तथा अपाङ्गता भएका बालवालिकाहरुका लागि शैक्षिक छात्रबृती (ब्रसरी) सहयोग
  • CIA Khabar

  • सुर्खेतको बिरेन्द्रनगर नगरपालिका भित्र रहेका चार सामुदायिक बिद्यालयमा अध्ययनरत अति जेहेन्दार, बिपन्न तथा अपाङ्गता भएका ३१ जना बालवालिकालाई शैक्षिक छात्रबृति (ब्रसरी सहयोग) बैंक तथा निजी क्षेत्रले दिएका छन् । सेभ द चिल्ड्रेनको सहयोग तथा समाज जागरण केन्द्र स्याक नेपालको आयोजनामा बैंक, बित्तिय संस्था र नीजी क्षेत्रसँगको तेस्रो चरणको कार्यक्रम अन्तर्गत उक्त प्रतिबद्धता जनाइएको हो । निजी क्षेत्र नाफामूलक गतिबिधिमा मात्र सिमित नरही सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने उद्देश्यसहित सुरु गरिएको अभियानमा ३१ जना वालवालिका लाई १ देखि ३ बर्षसम्म शैक्षिक सहयोग गर्ने जिम्मा लिइएको छ । उक्त कार्यक्रम अन्तर्गत मुक्तीनाथ बिकास बैंकले १२ जना, सानीमा बैंकले २ जना, लक्ष्मी सनराइज बैंक ले २ जना, होटेल नमस्ते ले १ जना, जागृति मोबाईल पसल १ जना, थकाली रेष्टुरेण्ट १ जना मुना डिजाईन सेन्टर बाट १ जना,न्यू प्रभात स्टेशनरी बाट १ जना नबदुर्गा छाफाखाना बाट १ जना   शुभ होटेल बाट १ जना, होटेल स्टेभ्याली भ्यू सुर्खेतले १ जना, एस.एस.स्टेशनरी सुर्खेतले १ जना, के.पी. ब्याबसायिक प्रा.लि.सुर्खेतले १ जना, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशले १ जना, डि नमस्ते होटेल सुर्खेतले १ जना लाई सहयोग गर्ने भएका छन । यता लाइन्स क्लब अफ काँक्रेबिहर सुर्खेतले १ जना, मालिका डेस्कटप सुर्खेतले १ जना लाई शैक्षिक छात्रबृति दिने भएका छन । यसै गरी जम्मा ३१ जनाले यसै पटक बस्ररी सहयोग पाएका छन ।

    सहयोग हस्तान्तरण कार्यक्रममा सानीमा बैक कर्णाली प्रदेशका प्रमुख अम्बिका पोख्रेल लक्ष्मी सनराइज बैंक का शाखा प्रमुख सुरेन्द्र प्रसाद कपाडीले सहयोग पाउने वालवालिकाहरुले अध्ययनमा निरन्तरता,अनुशासन र लगनशिलता देखाउनुपर्ने बताउदै सहयोगी दाताहरुले गरेको प्रतिशद्धता बीचमै नछोड्न आग्रह गर्नु भयो । उहाँले सहयोगी दाताले जिम्मा लिएका अवधी पूरा नगरे वालवालिकाको भबिष्य अन्योलमा पर्नसक्ने भन्दै निरन्तरताको महत्व औल्याउनु भयो ।

    यस्तै सेभ द चिल्डेन सुर्खेत फिल्डका कार्यक्रम ब्यबस्थापक बालमुकुन्द महतले सुरुवाती चरणमा बार्षिक १२ हजार रुपैयाका दरले सहयोग सुरु गरिएको जानकारी दिंदै यसले भावी पुस्तामा सकारात्मक सोच र प्रेरणा सृजना गर्ने बिश्वास ब्यक्त गर्नुभएको । समाज जागरण केन्द्र स्याक नेपाली अध्यक्ष मिनाकुमारी तिवारीको अध्यक्षता भएको थियो । सुर्खेत जिल्ला स्थित बैक बित्तिय संस्था निजी क्षेत्र, सुर्खेत उद्योग बाणिज्य संघ अन्तर्गत बिषयगत शाखा पत्रकार वालवालिका, वालवालिका का अविभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अध्यक्ष मिनाकुमारी तिवारीले बुलगारी मोडेल मार्फत कर्णालीमा बालवालिकाको क्षेत्रमा योगदान पुरयाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताउदै निजी क्षेत्रलाई जेहेन्दार,अति बिपन्न तथा अपाङ्गता भएका बालवालिकाको अभिभावकीय भूमिकामा आउन आग्रह गर्नु भयो । कार्यक्रममा सहयोगीदाता र समाज जागरण केन्द्र स्याक नेपाल बिच दुई पक्षीय सम्झौता गरिएको छ । कार्यक्रमको उद्देश्य स्वागत तथा प्रस्तुतिकरण सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक प्रेम पुन गर्नुभएको थियो भने संचालन स्याक नेपालका कार्यक्रम अधिकृत हरि कोईराला ले गर्नु भएको थियो ।

  • १२ असार २०८३, शुक्रबार ०८:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images