परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
  • CIA Khabar

  • काठमाडौं । नेपालले राष्ट्रिय परिचयपत्र (एनआईडी)का आधारमा नेपालीलाई प्रवेश दिन भारत सरकारलाई अनुरोध गरेको छ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नागरिकता र पासपोर्टसँगै राष्ट्रिय परिचयपत्रका आधारमा पनि नेपालीलाई आउजाउ गर्न दिन भारतलाई अनुरोध गरेको हो । नेपाल र भारतबीच खुला सीमाना रहँदै आएको छ । नेपाली र भारतीयलाई एकअर्काको देशमा आवतजावत गर्दा भिसा पनि आवश्यक पर्दैन । नेपाली नागरिकले नागरिकता वा पासपोर्टमध्ये एक देखाएर भारत प्रवेश पाउँदै आएका छन् ।
    तर, अबदेखि तेस्रो कागजात राष्ट्रिय परिचयपत्रलाई पनि मान्यता दिन नेपालले भारतलाई अनुरोध गरेको हो । भारतले यसलाई स्वीकारे नेपाली नागरिकहरू तीनवटा परिचयपत्र (नागरिकता, पासपोर्ट र एनआईडी) मध्ये एउटा देखाएर भारत आउजाउ गर्न सक्नेछन् । अध्यागमन विभागका अनुसार, गत साता विभागमा काठमाडौंस्थित भारतीय दूतावासका सम्बन्धित अधिकारीलाई बोलाएर यसबारेमा छलफल पनि भएको थियो । छलफलमा राष्ट्रिय परिचयपत्रका आधारमा पनि भारत प्रवेश गर्नको लागि सहजीकरण गरिदिन अनुरोध गरिएको थियो ।

  • १० श्रावण २०८३, आईतवार १७:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images