आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड
  • CIA Khabar

  • काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् ।  सांसद सम्झना देवकोटाले कोशी प्रदेशको सुनसरी र मधेस प्रदेशमा देखिएको साम्प्रदायिक तनाव न्यूनीकरणका लागि सरकार र स्थानीय तहले सक्रिय पहल गर्नुपर्ने बताइन् । उनले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै समाजमा आपसी सद्भाव कायम गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने बताइन्  ।  सांसद राजेन्द्रलक्ष्मी गैरेले मानव बेचबिखनका नयाँ स्वरूप देखिन थालेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको बताए ।  बेरोजगारीका कारण रोजगारीको खोजीमा विदेश जाने क्रममा महिला, पुरुष तथा बालबालिका हराउने र मानव तस्करीको जोखिममा पर्ने घटना बढिरहेको उल्लेख गर्दै उनले यसको रोकथाममा विशेष ध्यान दिन आग्रह गरे ।
    उनले लामो समयदेखि समाधान हुन नसकेको सुकुम्वासी समस्यालाई पनि प्राथमिकताका साथ समाधान गर्न सरकारसँग माग गरे ।

  • १८ श्रावण २०८३, सोमबार १५:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images