राष्ट्रपति समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश
  • CIA Khabar

  • मुस्लिम आयोगले बार्षिक प्रतिबेदन राष्ट्रपति समक्ष पेश गरेको छ । संबैधानिक व्यवस्था अनुसार आयोगले प्रतिबेदन पेश गरेको हो । नेपालको संबिधानको धारा ३०६ को ७ बमोजिम संबैधानिक निकाय भन्नाले यस संबिधान बमोजिम गठन गरिएका धारा २३८ देखी धारा २६४ सम्मका अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखी लिएर महालेखा,निर्वाचन,लोकसेवा,मानब अधिकार, महिला, दलित,समावेशी,आदीबासी जनजाती,मधेशी,थारु लगायत मुस्लिम आयोग सम्मका १३ आयोगलाई सम्झनु पर्दछ भनिएको छ । यि आयोगहरुले नेपालको संबिधानको धारा २९४ को उपधारा १ बमोजिम यस संबिधान बमोजिमका संबैधानिक निकायले आफुले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रिपति समक्ष पेश गर्ने छ र राष्ट्रपतिले प्रधानमन्त्री मार्फत त्यस्तो प्रतिवेदन संघिय संसद समक्ष पेश गर्न लगाउने छ भन्ने संबैधानिक व्यवस्था रहेको छ भने सबै आयोगहरुले आफुले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन आर्थिक बर्ष समाप्त भएको मितिले तीन महिना भित्र अर्थात असोज मसान्त भित्र राष्ट्रपति समक्ष पेश गर्नु पर्ने छ भन्ने सबै आयोगमा कानूनी व्यवस्था रहेको छ ।
    यिनै संबैधानिका एवं कानूनी व्यवस्था बमोजिम मुस्लिम आयोगले गत बर्ष श्रावण महिनामै र यस बर्ष आज अर्थात २०८३ श्रावण २५ गतेनै सम्माननीय राष्ट्रपती समक्ष आयोगको आ.व.२०८२/०८३ को बार्षिक प्रतिवेदन मुस्लिम आयोगका का.वा.अध्यक्ष श्री महमदिन अली ज्यूबाट बुझाईएको छ ।
    प्रतिवेदन बुझाउने उक्त महत्वपुर्ण समारोहमा मुस्लिम आयोगको तर्फबाट का.वा.अध्यक्ष श्री महमदिन अली, मा.मिर्जा अरशद वेग, मा.मो.शमसुल हक, आयोगका सचिव नमराज घिमिरे, उपसचिव शोभा पोख्रेल, अधिकृत मिनराज आचार्य र रोशन शर्मा सहित ७ जनाको सहभागीता रहेको थियो भने सम्माननीय राष्ट्रपती ज्यूको कार्यालयबाट संचार विज्ञ ज्यू, राष्ट्रपती कार्यालयका सचिव ज्यू ,सम्माननीय ज्यूका प्रमुख स्वकिय सचिव ज्यू, सहसचिव ज्यूहरु, उपसचिव ज्यूहरु, अधिकृत ज्यूहरु तथा सन्चारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।

  • २६ श्रावण २०८३, मंगलवार ०८:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images