पहिरोमा पुरिएर रोल्पामा पछिल्लो ५ दिनमा १७ जनाको मृत्यु, १ अझै बेपत्ता
  • CIA Khabar

  • रोल्पा – अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका(५ धैरेनीमा शनिबार राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो । प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएको जनाइएको छ । पहिरोमा पुरिएकी गुरुङको टाउकोको भाग मात्र देखिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरोमा पुरिएको घरबाट शव निकाल्ने तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
    शनिबार राति पहिरोमा परेर थप एक जनाको मृत्यु भएसँगै बुधबार यता पहिरोमा परी रोल्पामा मात्रै मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १२ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् । २ जनाको बुटवलमा उपचार चलिरहेको छ । त्यस्तै बिहीबार सुनछहरी गाउँपालिका(२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको थियो । रोल्पाको पूर्वी क्षेत्रमा पाँच दिनको अवधिमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ भने अझै १ जना बेपत्ता छन् ।

  • ३१ श्रावण २०८३, आईतवार ०८:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images