पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला
  • CIA Khabar

  • जाजरकोट _ जाजरकोटको भेरी नगरपालिका-२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला परेका छन् । शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीया ओमसिंह खत्री मृत फेला परेका हुन् । पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान उनीहरूको शव फेला पारेको हो । शनिबार बेलुकी नै सोही वडाको चिसापानीमा पनि पहिरो खसेको थियो । पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता छिन् । ५२ वर्षीया केदार कार्कीलाई उद्धार गरी उपचार लागि नेपालगञ्ज पठाउने क्रममा बाटोमै मृत्यु भएको थियो । पहिरोमा परी ६ जना घाइते भएका छन् । उनीहरूको सुर्खेत तथा जाजरकोट अस्पतालमा उपचार जारी छ । अहिले घटना स्थलमा सुरक्षाकर्मी पुगेर खोजी कार्य चलेको जाजरकोटका डीएसपी बुद्धीसागर पुरीले जानकारी दिए । घटना स्थलमा जानका लागि ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको कारण समस्या भइरहेको उनले जानकारी दिए ।

  • ३१ श्रावण २०८३, आईतवार १०:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images