जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार
  • CIA Khabar

  • काठमाडौँ– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ । पहिरो पीडितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा आज उनीहरुको उद्धार गरी सुरक्षित स्थानमा पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाको टोलीले पहिरोमा परी घाइते भएका आठ जनाको उद्धार तथा चार शव निकालेको निर्देशनालयले जनाएको छ ।

  • १ भाद्र २०८३, सोमबार ०९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images