रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह
  • CIA Khabar

  • रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले आज बिहान सवा ९ बजेतिर एक्कासि बाढी आएको जानकारी दिए । बाढीले टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको बुझिएको छ । उनले तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उल्लेख गर्दै भोटेकोशी नदीमा बाढी पानीको बहाब उच्च रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भै बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको जानकारी दिए ।
    यता, जल तथा मौसम विज्ञान विभागले चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठुलो बाढी प्रवेश गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
    बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले आज बिहान ९ बजेतिर तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो मात्रामा पानीको बहाव प्रवेश गरेको र यो बाढी अहिले रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तल पुगिसकेको जानकारी दिए । यसले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक सूचना प्राप्त भएको पराजुलीले बताएका छन् ।

  • १० भाद्र २०८३, बुधबार ११:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images