खोज तथा उद्धारका लागि ११ सदस्यीय कोरियाली टोली नेपाल आइपुग्यो
  • CIA Khabar

  • दक्षिण कोरियाली विपद् राहत टोली बुधबार बिहान नेपाल आइपुगेको छ । खोज तथा उद्धारका लागि ११ जनाको कोरियाली विपद् राहत टोली (केडीआरटी) नेपाल आइपुगेको हो । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार उनीहरू कोरियन विमानमार्फत नेपाल आएका हुन् । उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन् । उनीहरू आजै बाढी प्रभावित क्षेत्र जानेछन् । यसअघि पनि ४ जनाको सानो कोरियन टोली नेपाल आइसकेको छ । उनीहरू बाढी प्रभावित क्षेत्रमा खटिसकेका छन् । कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एक साथ खोज तथा उद्धारमा खटिने बस्नेतले बताए ।
    १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ९ जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन् ।

     

  • १७ भाद्र २०८३, बुधबार ०९:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images